दफा १०
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकार र संस्थानहरुको कर्मचारीहरुको लागि उपयुक्त प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने ।
(ख) प्रशासकीय समस्याहरु तथा तिनका समाधानका उपायहरु बारेमा समय समयमा सभा र गोष्ठी एवं सम्मेलनको आयोजना गर्ने ।
(ग) अनुसन्धान, परामर्श सेवा एवं सूचना सेवा सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने ।
(घ) अन्य मुलुकका प्रशिक्षण सम्बन्धी संस्थानहरु र अन्तर्राष्ट्रिय संस्थाहरु सित सम्पर्क
राखी आफनो प्रशिक्षण कार्यमा सघाउ पु¥याउने ।
(ङ) परिषद्मार्फत नेपाल सरकारलाई राष्ट्रिय स्तरमा प्रशिक्षण सम्बन्धी नीति तर्जुमा गर्न राय सल्लाह दिने ।
(च) प्रतिष्ठानको प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम सम्बन्धी नीति तर्जुमा गर्ने ।
(छ) परिषद् मार्फत नेपाल सरकार र संस्थानहरुको विभिन्न क्षेत्रसित सम्बन्धित प्रशिक्षण कार्यक्रमहरुको बीचमा समन्वय ल्याउन नेपाल सरकारलाई आवश्यक राय सल्लाह दिने ।
(ज) प्रतिष्ठानको दीर्घकालीन योजना तर्जुमा गर्ने ।
(झ) प्रतिष्ठानको वार्षिक कार्यक्रम र बजेट तयार गर्ने ।
(ञ) प्रतिष्ठानको लागि आवश्यक कर्मचारीहरुको दरबन्दी सृजना गर्ने र तिनीहरुको नियुक्ति गर्ने ।
(ट) प्रशिक्षण कार्यक्रमहरुको मूल्याड्ढन गर्ने, गराउने ।
(ठ) प्रशिक्षणको क्षेत्रमा नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थाहरुको बीच सम्पर्क माध्यमको रुपमा काम गर्ने ।
(ड) प्रशिक्षणलाई कार्यक्रम मूलक तथा व्यवहारिक बनाउन विभिन्न क्षेत्रमा अनुभवी व्यक्तिहरुको सेवा आवधिक रुपमा आदान प्रदान गर्ने व्यवस्था मिलाउने ।
(ढ) प्रतिष्ठानको तोकिएको रकम भन्दा बढीको सम्पत्ति बेचबिखन गर्नु पर्दा परिषद्को स्वीकृति लिने ।
ण) ऐन, नियम वा विनियमको अधीनमा रही प्रशिक्षण सम्बन्धी अन्य आवश्यक कार्य गर्ने